काँग्रेस र एमाले अहिले आफ्नो हारको कारण खोतल्न व्यस्त रहेका छन्।
एमालेले आफ्नो गढ ठान्ने गरेको काठमाडौँ उपत्यकाका १५ सिटमा त सून्य सिट मात्र पाएको हैन, बाग्मती अञ्चल मै एउटा मात्र सिटका साथ लज्जास्पद पराजय भोग्यो। भक्तपुरका दुई सिट नेमकिपाको पक्षमा गयो भने ललितपुरका तीन वटै सिट माअोवादीको पक्षमा गयो। काठमाडौँका १० सिटमा चाहिँ काँग्रेसले ६ सिट जितेर ऐतिहासिक विजयको झण्डा गाड्यो भने माअोवादीले चार सिट जित्यो।
किन भोग्नुपर्यो त एमालेले यस्तो नराम्रो पराजय ? यसको कारण खोतल्न केन्द्रीय कमिटीको बैठक बस्न बाँकी छ। आज चाहिँ उपत्यकाका उम्मेदवारहरु सहित एमालेको उपत्यका समन्वय कमिटीको बैठक बसेको रहेछ। त्यो बैठकले यस्तो निष्कर्ष निकालेछ-
-पार्टीको नेतृत्व र नीतिगत तहमा कमजोरी
-आन्तरिक परिचालनमा कमजोरी
-अति आत्मविश्वास
-पार्टीविरुद्ध फैलाइएको दुष्प्रचारलाई चिर्न असफल हुनु
-माअोवादीले फैलाएको आतंक र त्रास
हुन पनि एमाले कार्यकर्ताहरु अति नै आत्मविश्वासी अर्थात् जितिहालिन्छ नि भनेर बसेको देखिएको थियो। काठमाडौँको १० नम्बर क्षेत्र अन्तर्गत पर्ने कीर्तिपुर नगरपालिका र त्यससँगै जोडिएका केही गाविसहरु चुनावअघि डुल्न जाँदा हामीले यो कुरा प्रष्ट अनुभव गरेका थियौँ। सबैभन्दा बढी प्रचार माअोवादीको थियो, त्यसपछि काँग्रेसको थियो भने एमालेको खासै प्रचार देखिएको थिएन। माअोवादीले नगरपालिकामा कोठाकोठामा र गाविसमा घरघरमा आफ्नो प्रचारसहितको क्यालेन्डर पुर्याएको भन्ने पनि हामीले थाहा पाएका थियौँ।
काठमाडौँ १० को एउटा गाउँको घरमा देखिएको काँग्रेसको झण्डा

संविधान सभाको निर्वाचन हुने अघिल्लो रात ठमेलतिर घुम्दा त्यहाँ माअोवादीका कार्यकर्ताहरु खटिएको र त्यहाँको प्रचार देख्दा हामी अचम्ममा परेका थियौँ। ठमेलको एउटा चोक पूरै हँसिया हथौडा चुनाव चिह्नले ढाकेको थियो। भोलिपल्ट बिहानको लागि माअोवादी कार्यकर्ताहरु मतदाताहरुलाई सघाउन रातिदेखि Read More…
‘सुन्दर दुनियाँ’को नाउँमा रोल्पाली पाखाभरि लालीगुराससँगै जनवादी गीत फुल्न थाले । फूलमा पुतली होमिएजसरी उनका संगीहरू स्कुले पढाइ छाडेर लाग्न थाले ‘उतै’ तिर । ती गाउँले ठिटोको मन पनि थामिएन लिबाङको हाईस्कुलमा । लागे उनी पनि । तर, गीतले तानिएको ठिटो भए ‘लाहुरे’ । तर, फरक लाहुरे । न तलब पाउने न पेन्सन । न ‘बि्रटिसे’ भए न ‘सिंगापुरे’ । भए ‘छापामार’ । ‘रेड’ गर्न कहिले पुगे रोल्पाको घर्तीगाउँ त कहिले डोल्पाको दुनै । थुप्रै युद्धमोर्चामा ‘एसाल्ट’मै लडे । ‘मेरो रुचिलाई बुझेर होला, पार्टीले सांस्कृतिक फिल्डमा पठायो,’ माओवादीको केन्द्रीय सांस्कृतिक टोली, सामना परिवारका मोहित श्रेष्ठले भने, ‘जनयुद्धको लामो समय त गीतसँग खेल्दाखेल्दै बितेछ ।’
। र, स्वर दिए । ती गीतले जनतालाई कहिले रुवाए, कहिले जोस्याए । तर, नयाँ जीवन खोज्न अनवरत पे्ररित गरे । गीतमा उने, छापामार पहिलो छुट्टीमा घर पुग्दाखेरिका अनुभूति । संगीत भरे, आफ्नै आँखामा सहयोद्धा ढल्दाखेरिका अनुभूति । गाए, ‘सहिद’ भएको खबर परिवारलाई पुर्याउँदाखेरिका कुरा । गाउँदागाउँदै उनका सहयोद्धा ढले । घेरामा परे । आङै सिरिङ हुने युद्धका अनुभूति खात लागे । ‘भेटेका चिज गीतमा उन्यौं,’ आफ्ना गीतका मुहान देखाए, ‘सुनायौं जनतालाई नै ।’ ‘फौजी क्षेत्रमा नगएको भए यी गीत सायदै हुन्थे,’ भर्खरै आएको आफ्नो गीतिएल्बम ‘साक्षी’बारे प्रस्ट्याए, ‘नत्र त कमरेडहरूको मुखबाट सुनेर लेख्नुपथ्र्यो होला, युद्धका गीत । एसाल्टमै लडें नि म त ।’
माओवादीले नयाँ सरकार निर्माण गर्न संवैधानिक प्रक्रियाको गृहकार्य गर्ने र त्यसका लागि १६ वैश्ााखमा केन्द्रीय समितिको पूर्ण बैठक आयोजना गर्ने निर्णय गरेको छ । सोमबार आयोजित माओवादी केन्द्रीय सचिवालयको बैठकमा जेठको पहिलो साताभित्र आफ्नो नेतृत्वमा सरकार गठन गर्न दलहरूसँग छलफल जारी राख्नुपर्नेमा जोड दिइएको थियो । माओवादीले संविधानसभा चुनावको परिणाम सन्तोषजनक र सकारात्मक रहेको निष्कर्षसमेत निकालेको छ ।