Posted by: bindashgroup | May 4, 2008

नयाँ नेपाल र आर्थिक रुपान्तरण

नयाँ नेपालको सुरुवात सँगै जनतामा हर्षल्लास छाएको छ कि नेपाल विनाशलिला होइन विकाशलिला तर्फो दिशामा लम्किने त होइन । कतै यी अटल हासीरहने हिमालको हाँसो जनतामा छाउने त होइन ।

त्यसो त नेपाल आर्थिक हिसाबले निकै पछाडि परेको छ । नेपाल कुल राष्ट्रिय उत्पादनमा निकै पछाडि रहेको छ । त्यसैले नयाँ नेपाल निर्माण गर्न सबै पक्ष जागरुक हुन आवश्यक छ । २०० वर्ष पुरानो इतिहासको पाना पल्टाउने हो भने -नेपाल-अङ्गग्रेजको सुगौली सन्धी हुने बेला) , नेपाल र पश्चिमी मुलुकको विकाश एउटै स्तरको रहेको थियो । तर त्यसपछी ति मुलुकमा आर्थिक क्रान्ती भयो र अहिलेको स्थितीमा आए तर विडम्बना हाम्रो देश कुवाको भ्यागुता हुनु पुग्यो ।हाम्रो देश सम्भावना हुँदा-हुदै पनी अगाडी बढ्न सकेको छैन । हामीले उदाहरणको रुपमा इजरायललाई लिन सक्दछौ । यस देशमा कुनै प्राकृतिक स्रोत छैनन् । देशको धेरै भाग बालुवाले ढाकेको छ । तर यस देशमा निर्माण हुनै नसक्ने चिजहरु पनी निर्माण गर्न सफल भएको छ । यहाँको मरुस्थलमा हरियाली बनाएको देख्दा सबैलाई अचम्म लाग्न सक्दछ ।

हाम्रो देश नेपाल प्राकृतिक स्रोतले भरिभराउ छ । एक विदेशी अनुसन्धानकर्ताले भनेका थिए- “नेपालको आकाशमा पैसा उडिरहेका छन् , नेपालीको काम मात्र पैसालाई टिप्ने हो” हो हामीले त्यस पैसालाई टिप्न सकेका छैनौ । हाम्रो देश जलस्रोतको दोस्रो धनि देश भएतापनि हामी दैनिक ७ घन्टा (केहि दिनअगाडीबाट लोडसेडिङ घटेर हप्तामा २१ घण्टा भएको छ) लोडसेडिङ्गको मार सहनु परेको छ । नेपालमा मात्र लगभग ६०० मेगावाट विद्युत उत्पादन गर्न सकिएको छ । त्यसो त नेपालको विद्युत निर्माण क्षमता ८३,००० मेगावाट रहेको छ । यस्तो हिसाबले त नेपालको पात-पातमा बिजुली बल्न सक्दछन् । नेपालका पहाड-पहाडमा खजना लुकेका छन् । हाम्रो देशले दक्षिण अफि्रका बाट पनी केही कुरा सिकोस् । नेपालमा धेरै प्राकृतिक सौर्न्दय छन् । यसलाई प्रचार-प्रसार गर्न सकेमा पक्कै पनी हाम्रो देशमा हजारौ पर्यटक भित्रिन सक्नेछन् ।

अब हामी आर्थिक क्रान्ती तिर जाउँ । सबै भन्दा ठुलो दल बनेको माओवादीले आर्थिक क्रान्ती ल्याउने अभिभारा बोकेको छ । नेपालको बिकाशक्रम हेर्ने हो भने , आर्थिक क्रान्ती एक मात्र बिकल्प हुन सक्दछ । माओबादीले ५ वर्षभित्रमा ५ हजार मेगावाट विद्धुत निर्माण गर्ने योजना बनाएको छ । देशमा विभिन्न ठाउँमा रेल, केबलकार तथा बाटोघाटो निर्माण गर्ने एवंम् १० वर्षभित्रमा देशका सबै स्थानमा शुद्ध खाने पानी तथा उपचार ब्यवस्था मिलाउने योजना बनाएको छ । तमलोपाको पनी नेपालका भारतमा बग्ने ठुला नदिमा जलमार्ग बनाउने राम्रै योजना बनाएको छ । माओवादीले पुरानो विभाजन प्रणालीद्धारा देशको विकाश हुने अवस्था नदेखेपछी नयाँ बिभाजन प्रणाली बनाएको छ ।

यस्ता विकासका कार्यले पुर्णता पाउन धेरै समय कुर्नु पर्नेछ उनीहरुले ।

अर्को महत्वपुर्ण कुरा भनेको बेरोजगारी हो । कैयौ नेपाली दाजु-भाई कामको सिलसिलामा विदेशिनु परेको छ । नेपालको स्थिती हेर्दा काम पाउनु धेरै मुस्किल छ । काम मिल्यो भने पनी तलब निकै थोरै हुने गर्दछ । आम नेपालीहरुले मासिक २०००-३००० भन्दा धेरै कमाउदैनन् । अहिले महँगीको बेलामा यती कम तलब त उनीहरुको वर्तमानलाई पनी अपुग छ , उनीहरुले भविष्यको बारेमा कहिले सोच्ने त रु भन्नेहरु त भन्ने गर्दछन् कि किन बिदेसिनु पर्यो , स्वदेशमै काम गरे हुन्छ , तर सही ब्यवस्था हुन नसक्दा विदेशिनु परेको हो । सबै वर्गले समान तलब पाएमा मात्र यसको निवारण हुन सक्दछ । सबैले समान तलब पाउनु पर्दछ किनकी काम भनेको सबैको एक हो । हामी सबै नेपालीहरुले नयाँ नेपालको विकाशको लागी पथ्थर फोर्न तयार हुन आवश्यक छ । आशा गरौ नयाँ नेपालमा कोहि पनी विदेशिनु नपरोस् ।

हामी गर्वका साथ भन्ने गर्दछौ की , हामी कसैको उपनिवेश बनेका छैनौ । हो हामी कसैको उपनिवेश बनेका छैनौ , तर आर्थिक हिसाबले हामी भारतको उपनिवेश बनेका छौ । आजको नयाँ नेपालको आवश्यकता भनेको भारतको उपनिवेशबाट छुटाउनु हो । हामीले उपभोग गर्ने सम्पुर्ण सामान भारतबाट आउने गर्दछ ,यहीँ निहुँमा भारतले आर्थिक नाकाबन्दि गरिदियो भने हामी हात जोड्न बाध्य हुन्छौ । हाम्रो देशमा प्राकृतिक स्रोत त छदैछन् । मात्र दक्ष जनशक्ती उत्पादन गर्न सकेमा तथा भारतसँग मात्र नभई चिनबाट पनी सामान निर्यात गर्न सकेमा हामी भारतको उपनिवेशबाट मुक्त हुन सक्दछौ । नेपाल-चिन व्यापार हेर्ने हो भने अहिलेसम्म एउटा मात्र सडक खण्ड -खासा सडक खण्ड) बनेको छ । त्यसैले चिनसँग धेरै ठाउँमा सडक निर्माण गर्न आवश्यक रहेको छ ।

अर्को महत्वपुर्ण कुरा भनेको आधुनिक कृषी प्रणाली हो । हाम्रो देशमा ६०% जनता कृषी पेशामा आधारित छन् । यति धेरै जनता कृषी पेशामा हुँदाहुँदै पनी हामीले खाद्य वस्तु पुर्याउन सकेका छैनौ । पश्चिमी मुलुकमा ५% जनता मात्र कृषी पेशामा आधारित छन् । तैपनी उनीहरुले सबैलाई खाद्य बस्तु पुर्र्याएर पनी अझ अरु देशमा आयात गरेका छन् ।
Agriculture system of western countires
आधुनिक कृषी प्रणालीको एक नमुना

यो कसरी सम्भव छ त ? किनकी उनीहरुसँग आधुनिक कृषी प्रणाली छ । उनीहरुसँग ज्ञान एवंम् आधुनिक औजार छन् । हाम्रो देशको एउटा कृषी समस्या भनेको व्यवस्थित कृषी योजना नहुनु हो । किनकी यहाँका कृषक एउटै सोच नभई धेरै सोच रहेको हुन्छ ।

नेपालमा चल्दै आएको परम्परागत कृषी प्रणाली

नयाँ नेपाल निर्माणका लागि पुराना विकार त्यागी , नयाँ सोच एवंम् अन्य नयाँ मुल्य-मान्यताका साथ अन्य विकशित मुलुकको पाठ सिकी , सबै जनताले काँधमा-काँध मिलाएर अघि बढेमा पक्कै पनी हाम्रो देश स्विटरजरल्याण्ड जस्तो हुन सक्दछ ।

rockyou id=39325435

 सन्तोष कार्की

 

 

 


Leave a response

Your response:

Categories