भन्नलाई यो निर्वाचन संविधान बनाउने निर्वाचन हो, सरकार बनाउने हैन भनिए पनि अहिले फेरि कुरा उही सरकार अनि पदको भागवण्डाको सेरोफेरोमा नै घुम्न थालेको छ। वर्षौँपछि भएको चुनावले पार्टीहरुको पुरानो स्थिति एकदमै बदलिएको देखिएको छ। जेठ १० गतेभित्र नयाँ सरकार बन्ने भनिएको छ। काँग्रेस र एमालेका केही नेताहरु सरकारमा जान नहुने बताउँछन्। केही नेता भने उनीहरुको बहुमत आएको हो र, हामी पनि जानुपर्छ भन्छन्। तपाईँको विचारमा सरकार कस्तो बन्नुपर्ला ? अब तपाईँको पालो- आफ्नो विचार राख्नुस्- सरकार माअोवादी एक्लैको बन्नुपर्छ कि त्यसमा काँग्रेस, एमाले र सात दलका अन्य सदस्य पनि समावेश हुनुपर्छ ? चुनावले सबै दलको हैसियत देखाइसकेकोले सात दलबाहेकका अरु दललाई पनि सरकारमा समेट्नु पर्छ ? गठबन्धन सरकार बन्यो भने नेतृत्व कसले गर्नुपर्ला ?
Posted by: bindashgroup | April 27, 2008
सरकार कस्तो बन्नुपर्ला ?
Posted in Uncategorized | Tags: sarkar kasto bannu parla ta
Abako sarkar sabai ko sahamati ma bannu parcha jasto lagthca
By: sunita on April 27, 2008
at 8:00 am