२०६४ सालको अन्तिम महिनाको पनि अन्तिम चैत्र २८ गते इतिहास मै पहिलो चोटी नयां नेपाल बनाउने संकल्प सहित संविधान सभाको चुनाव हुंदैछ । निश्चय पनि संविधान सभा पछि नेपाली जनताहरुको पक्षमा मूल कानुन संविधान बन्नेछ र दुई सय चालिस बर्ष देखिको सामन्तको जरो राजतन्त्र, जरैदेखि निर्मूल भै पूर्ण लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनेछ ।
पृथ्वी नारायण शाहले नेपालमा युद्ध लडेर शाही राजतन्त्र स्थापना गरे, तर खराब परम्परा र सस्कृतिका कारण बाउ पछि जेठो छोरा नै राजा बन्नु पर्ने बनाए । हुंदा हुंदा राजा भनेको भगवान विष्णुको अवतारको रुपमा समेत लिन थालियो । यी खराब सामन्त सरकार हटाउन युगौं कुर्नु पर्यो नेपाली जनतालाई । किनभने नेपालमा अहिलेसम्म गलत शिक्षाका कारणले गर्दा हरेक शब्दमा गलत अर्थ लगाई सोझा सिधा जनताहरुलाई अल्मलाई रहने परम्परा चलि आएको छ । जस्तै ठुलाबडा भनेको राजा, महाराजा, धनी, महाजन, राजपरिवार, आफन्तलाई मान्दै आउनु । जुन पार्टीले एउटा ब्यक्ति मात्र राजा अथवा राष्ट्रको नामक बन्न सक्छ भनि वकालत गरिरहन्छ त्यही पार्टीको नाम प्रजातन्त्र रहनु पनि यहि कारणहरु मध्ये एक हो ।
संयुक्त राज्य अमेरिकाको पूर्व राष्ट्रपति अब्राहम लिंकन, जो सानो किसान परिवारमा जन्मेर पनि चौधौं पटकको चुनाव लडाईं पछि राष्ट्रपति बन्न सफल भए वहांले प्रजातन्त्र भनेका छन् By the People, For the People, of the People अर्थात जनताद्धारा जनताको लागि जनता आफैंले शासन गर्ने हो । सिद्धान्त र उद्देश्य जहिले पनि सामन्ती ब्यवहार सामन्ती चाहिं प्रजातन्त्र । अब यस्तो गलत संस्कारको अन्तको लागि पनि अग्रगामी राष्ट्र नेपालको बाधकको रुपमा रहंदै आएको राजतन्त्रलाई अन्त गर्ने गरी हुन लागेको संविधान सभा पछि बन्ने संविधानले नेपालको सबै जाति धर्म समुदाय वर्गलाई समेटेर पूर्ण लोकतान्त्रिक गणतन्त्र स्थापना गरी अग्रगामी राष्ट्र नयां नेपालको निर्माण बनोस् भन्ने अग्रीम शुभकामना दिन चाहान्छु । नयां नेपाल बनाउन यो क्षणसम्म ल्याई पुर्याउंदा सहिद हुनु हुने सम्पुर्ण महान सहिदहरुलाई हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै सम्पुर्ण नेपालीहरुलाई नयां बर्ष २०६५ सालको हार्दिक मंगलमय शुभकामना ।