Posted by: bindashgroup | April 22, 2008

नवनेपालको निर्माणको आकांक्षा

नवनेपालको निर्माणको आकांक्षा साकार पार्न सार्वजनिक उद्देश्यप्राप्तिका लागि वित्तीय तथा मानव दुवै संसाधनलाई उल्लेख्य रुपमा परिचालन गर्न अति नै जरुरी छ । समग्रमा नवनेपालको परिकल्पनालाई आत्मसात गरेर मात्रै नेपालको रुपान्तरणलाई सुनिश्चित गर्न सकिन्छ । यसका लागि कुन स्तरमा कति स्रोत दिगो रुपमा परिचालन गर्न आवश्यक पर्छ भन्ने बारेमा सहमतिको निर्माण गरिनु जरुरी छ । यसबाट समयबद्ध रुपमा करको आयतन निर्धारण हुनुका साथै आवश्यक मात्रामा मानव संसाधनको व्यवस्था गरी राज्यका अंगहरुमा परिचालित गर्ने रणनीतिमा समेत महत्वपुर्ण प्रभाव पर्नेछ । यस अवसरलाई सदुपयोग गर्दै त्यसबाट सहायताको भूमिका, सहायताबाहेकका माध्यमद्वारा प्रतिफल प्राप्त गर्ने रणनीतिक उपाय र सार्वजनिक हितका लागि वैकल्पिक उपक्रमका रुपमा गैरसरकारी संस्थाहरुद्वारा स्रोत परिचालन तथा उपयोग गर्ने विषयमा पुनरावलोकन गर्न सकिनेछ ।


Leave a response

Your response:

Categories