बैशाख, चितवन । वन तथा भू संरक्षण मन्त्री मातृका यादवले प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाकै आडमा घुस खाने कर्मचारी सक्रिय भएको आरोप लगाउनु भएको छ ।
मन्त्री यादवले ति कर्मचारीको उकसाहटमा नै काग्रेसका नेताहरुले वाई सि एल विघटनको माग गरिरहेको दावी गर्नु भयो ।

    वनका कर्मचारीहरुले नै संरक्षित वस्तुको तस्करीका विषयमा ढाकछोप गरि वन मन्त्रालयमा सुचना समयमा नदिएकाले नै तस्करीमा वृद्धी भएको बताउदै देशमा बढेको रक्तचन्दनको तस्करीमा पनि दलहरुले नै ढाकछोप गरिरहेको स्पष्ट पार्नु भयो ।उहांले संरक्षणमा खटिएका सुरक्षाकर्मी नै राजदरबारको गोटी बनेकाले वन संरक्षण हुन नसकेको पनि उहांले बताउनु भयो ।
    माओवादी यसअघि सरकारमा गएर पनि सामन्तवादको विरुद्धमा उल्लेख्य काम गर्न नसकेको पनि बताउनु भएको छ ।
    चितवन राष्ट्रिय निकुन्जमा भरतपुर माडी सडक अन्तर्गत पर्ने राप्ती वनकट्टा सडक सुधारका लागी रुख काट्ने कार्यक्रमको उदघाटनमा बोल्दै मन्त्री यादवले जनताले मिलेर देश चलाउन जनादेश दिइसकेकाले देशी विदेशी शक्तिको इशारामा अब चल्न नहुने बताउनु भयो ।
    जनमोर्चाका अध्यक्ष अमिक शेरचन र नेकपा माओवादी चितवन जिल्ला सेक्रेटरी अविनासले संयुक्त रुपमा आरोले सालको रुख काटेर उदघाट्न गरिएको कार्यक्रममा बोल्दै जनमोर्चा अध्यक्ष अमिक शेरचनले माडीका जनताको ४ दशक अघिको समस्या राजतन्त्रकै कारण समाधान हुन नसकेको बताउनु भयो ।अब बन्ने सरकारले माडीका जनताको आवाज सुन्ने र समस्या पनि समाधान गर्ने उहांले बताउनु भयो ।
    राप्ती पुल,ध्रुवा देखि वनकट्टा सम्मका बाटोमा पर्ने आजबाट ३५ वटा सालका र अन्य १२ वटा गरि ४७ वटा रुख काटिने निकुन्जका प्रमुख संरक्षण अधिकृत मेघनाथ पाण्डेले बताउनु भयो ।४७८ रुख काटेन सिफारिस गरिएकामा मन्त्रीपरिषदले ४७ वटामात्रै रुख काटेन अनुमती दिएको पनि उहाले जानकारी दिनु भयो ।आज एउटा रुख काटिएको र सबै रुख काट्न एक हप्ता लाग्ने बताउदै प्रमुख संरक्षण अधिकृत पाण्डेले काटिएका रुखबाट भएको आम्दानी निकुन्जको विकास र मध्यवर्ती क्षेत्रको विकासमा खर्च गरिने जानकारी दिनु भयो ।
    कार्यक्रममा राप्ति वनकट्टा सडक सुधारका लागी गठित समितीका अध्यक्ष देविलाल पौडेल,माओवादी जिल्ला सेक्रेटरी अविनाश लगायतले बोल्नु भएको थियो ।यसअघि माडी भरतपुर सो सडक साघुरो भएका कारण माडीका जनताले सडक विस्तार गर्न माग गरेपछि निकुन्जले सो सडक छेउछाउका रुख काट्न स्विकृतीका लागी मन्त्री परिषदमा अनुरोध गर्दै पत्र पठाएको थियो ।

सबै जाने, हामीमात्र नजाने ? भन्दै अपाङ्ग महासंघले चार दिनदेखि गरिरहेको आन्दोलन सफल भएको छ। अब एक जना भाग्यमानी अपाङ्ग संविधान सभासद बन्ने भएका छन्। माइतिघर मण्डलामा हिजोदेखि आमरण अनसन बस्न थालेका थिए उनीहरु। आज माअ‍ोवादी अध्यक्ष प्रचण्ड गएर सम्झाई बुझाई तिमीहरुलाई पनि लान्छौँ बाबा संविधान सभामा भनेपछि बल्ल अनसन तोडिएछ।

    त्यत्रो ६०१ जनाको संविधान सभामा प्रत्यक्ष र समानुपातिक गरी दुवैबाट पनि एक जना पनि अपांग पुगेनन् भनेर उनीहरु उफ्रिएका रहेछन्। हुन पनि नेकपा संयुक्तले तेस्रो लिङ्गीको समेत सहभागिता गराएको छ संविधान सभामा। अपांग चाहिँ छुट्न पुगेछन्, कसैले वास्ता गरेनछन्। त्यसैले अब मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ जनामा एक जना अपांग पनि हुनुपर्‍यो भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए।

    प्रचण्डले सात पार्टीको बैठकमा हामीले २६ जनाको मनोनयनमा अपांग पनि राख्‍नुपर्छ भनेर कुरा उठाउँला, राष्ट्रिय सहमति बनाउने प्रयास गरौँला, सहमति बनेन भने हाम्रो कोटामा आउने सिटमा नै अपांगलाई राखौँला भनेछन्।

    संविधान त देशको मूल कानुन हो, यसरी एक-एक सबै मान्छे राख्‍न किन जरुरी छ भनेर सोच्नुभएको ? एक हिसाबले ठीकै हो सोचाइ। संविधानमै अपांगको बारेमा के त्यस्तो छुट्टै व्यवस्था गर्न जरुरी छ र। तर जब ६०१ जनाको जम्बो संविधान सभा बन्छ भने अपांगलाई मात्र किन छुटाउने नि ? बरु अरु को- को छुटेका छन् कुन्नि ? क्रिश्चियनको पनि सहभागिता छ क्यारे। अस्ति एक जना भन्दै थिए, परिवार दल त इसाईहरुले उठाएका उम्मेदवार रे भनेर। चुनाव लडेरै २५ हजार चानचुन मत ल्याएर उनीहरुका एक जना सांसद समानुपातिकबाट चुनिएका थिए। बरु जैन धर्मकाहरु पो छुटे कि। वा अरु कुनै पो छुटे कि। ल है, ढिला नगर्नुस्। अझै २५ सिट बाँकी छ।

    यसरी कोटा बाँध्दै जाँदा संविधान सभामा पुग्नै पर्ने केही मानिस चाहिँ नछुटुन् नि फेरि।

 नेपालका भूतपूर्व राजा हुने बेला नजिकिँदै गर्दा वर्दीवाला र वर्दी बिनाका ठूलो संख्याका सुरक्षाकर्मीहरुसहित ज्ञानेन्द्र आफ्नी पत्‍नीसहित सोमबार दक्षिणकालीमा गई पूजाआजा गरे। त्यतिमात्र हैन, ज्ञानेन्द्रले पञ्चबलि पनि दिए। पञ्चबलिमा राँगा, बोका, कुखरा, हाँसको बलि दिने गरिन्छ। डेढ घण्टासम्म उनीहरुले मन्दिरमा पूजा गर्दा अरु कसैलाई त्यहाँ जान दिइएको थिएन। सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। दक्षिणकाली राजपरिवारको इस्ट देवता पनि हो। संविधान सभाको निर्वाचनपछि पहिलो पटक ज्ञानेन्द्र सार्वजनिक स्थानमा यसरी पूजा गर्न गएका हुन्।

जेठ १५ गते बस्ने संविधान सभाको पहिलो बैठकले राजतन्त्रलाई वैधानिक रुपमा अन्त्य भएको घोषणा गरेपछि पनि नागरिकका रुपमा उनी यसरी मन्दिर जान त पाउने नै छन्। तर त्यतिबेला भूतपूर्व राजाका रुपमा यति धेरै सुरक्षाकर्मीको उपस्थिति हुने हो कि हैन, त्यो चाहिँ पछि मात्रै देखिने छ।

 

त्यसैगरी दायाँबायाँ उभिनेहरुबाट फूलमाला लिने काम भने उनले अझै पनि गरिरहेको देखिन्छ। धन्न, अहिले उनी उनको शासनकालमा जस्तो बुझेँ, बुझेँ भन्दैनन्। शायद उनले बढी बुझिसकेका छन् वा केही बुझेका छैनन् वा बुझ्ने क्रममा रहेका छन्।

उनले मन्दिरमा पूजा गर्दै गर्दा मंगल धून बजिरहेको सुनिन्छ। धन्न, पोहोर जस्तो सेनाले राष्ट्रिय गानको सलामी दिएन। अहिले त राष्ट्रिय गान पनि उनको ‘सदा रहोस् उन्नति’ भन्ने नभई ‘अग्रगामी राष्ट्र हाम्रो’ भन्ने पो रहेको छ त।

७५ वटै जिल्ला सहित राजधानी कब्जा : प्रचण्ड

आगामी सरकारको नेतृत्व माओवादीलाई गर्न नदिए जनतालाई सडकमा उतार्ने चेतावनी माओवादी अध्यक्ष प्रचण्डले दिएका छन् । माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्न आफ्नो पार्टीलाई नदिए जनतालाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।

 माओवादी नेतृत्वको सरकारलाइ सहयोग गर्ने वताएको भारतले कोइरालाको नेतृत्वलाइ निरन्तरता दिन दबाव शुरु गरेको छ । नेपालका लागि नवनियुक्त भारतीय राजदुत राकेश सुदले आज माओवादी अध्यक्ष प्रचण्डसंगको भेटमा सकेसम्म वर्तमान सरकारलाइ परिवर्तन नगर्न र गरिहालेपनि हालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वलाइ निरन्तरता दिन प्रस्ताव गरेको विश्वस्त स्रोतले जानकारी                                                                          Sharley gautam


संविधान सभाको निर्वाचनमा भोट खसाएपछि नङमा लगाइएको यो चिह्न अहिले यति माथि पुगिसकेको छ। यो चिह्न नङबाट पूरै हट्दासम्म नारायणहिटीबाट राजा पनि हट्लान त ?

निर्वाचन सम्पन्न भएको झण्डै एक महिनापछि आज निर्वाचन आयोगले सम्पूर्ण परिणामको घोषणा गरेको छ। आज समानुपातिकतर्फका उम्मेदवारहरु विजय भएको घोषणा गरेपछि निर्वाचनको चरण समाप्त भएको हो। अब संवैधानिक व्यवस्था अनुसार २१ दिनभित्र संविधान सभाको पहिलो बैठक बस्नु पर्नेछ। र, तपाईँहरुलाई थाहा छँदैछ पहिलो बैठकमा के गर्ने भनिएको छ। अर्थात् अब यही मे महिनाको अन्तसम्ममा अ‍ौपचारिक रुपमा नेपालमा शाहवंशको शासनको अन्त्य हुनेछ।

संविधासभापछाडि पनि सुरक्षाको स्थितिमा कुनै परिवर्तन नआएको कुरा आज दमकमा भएको बैंक लुटपाटको घटनाले देखाएको छ । नाटकीय पाराले दिनदहाडै बजारको बीचभागमा अवस्थित लक्ष्मी बैकको झापा दमक शाखाबाट अज्ञात समुहले लाखौ रुपैया लुटेर भागेका छन्।

फिल्मी शैलीमा आएका लुटेराहरुले ७९ लाख रुपैया र ३ थान मोवाइल लुटेका थिए । दिनको करीव सवा १२ बजे तिर ६-७ जनाको समुहमा हतियार सहित आएका लुटेराहरुको समुहले बैकको सुरक्षागार्ड सहित कर्मचारीलाई कुटपिट गरी किचन कोठामा थुनेर लुटपाट गरेका थिए । दिनरात नागरिकको सुरक्षाका लागि खटिएका प्रहरी प्रशासन भने लुटेरा भागेको आधा घण्टा पछि मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

बैकका सुरक्षा गार्ड देवी ढकालका अनुसार लुटेराहरुले छुरा र पेस्तोलको सहरामा लुटपाट मच्चाएका थिए ।

लुटपाट मच्चाउनुभन्दा पहिले लुटेराहरुले सबै टेलिफोनको तार चुडाएको र मोबाईल पनि लगेको कारण एक सुरक्षा गार्डको मोबाईलबाट प्रहरी लाई खबर गरेको बैकका म्यानेजर मुरारी पुडासैनीले बताउछन ।

घटना भएको ६ घण्टा बिति सक्दा पनि प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन भने अनुसन्धानको लागी बैकका सुरक्षा गार्ड देवि ढकाल र पर्शुराम आचार्य लाई नियन्त्रण लिएको छ ।

राजधानीका बैकबाट लाखौ लुटिएको समाचारमा थाहा भएपनि मोफसलको शहरबाटै यस्तो नाटकीय तरिकाबाट लुटपाट भएको पहिलो घटना हो ।

अव यसरी दिनदहाडै बजारको बीचबाट नै लाखौको लुटपाट हुनु र अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसक्नुले प्रहरी प्रशासन असफल हुँदै गइरहेको आभाष भएको छ, भने गृह प्रशासन र सुरक्षा संयन्त्रमाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।

नयाँ नेपालको सुरुवात सँगै जनतामा हर्षल्लास छाएको छ कि नेपाल विनाशलिला होइन विकाशलिला तर्फो दिशामा लम्किने त होइन । कतै यी अटल हासीरहने हिमालको हाँसो जनतामा छाउने त होइन ।

त्यसो त नेपाल आर्थिक हिसाबले निकै पछाडि परेको छ । नेपाल कुल राष्ट्रिय उत्पादनमा निकै पछाडि रहेको छ । त्यसैले नयाँ नेपाल निर्माण गर्न सबै पक्ष जागरुक हुन आवश्यक छ । २०० वर्ष पुरानो इतिहासको पाना पल्टाउने हो भने -नेपाल-अङ्गग्रेजको सुगौली सन्धी हुने बेला) , नेपाल र पश्चिमी मुलुकको विकाश एउटै स्तरको रहेको थियो । तर त्यसपछी ति मुलुकमा आर्थिक क्रान्ती Read More…

nepal ko jhanda २०६४ सालको अन्तिम महिनाको पनि अन्तिम चैत्र २८ गते इतिहास मै पहिलो चोटी नयां नेपाल बनाउने संकल्प सहित संविधान सभाको चुनाव हुंदैछ । निश्चय पनि संविधान सभा पछि नेपाली जनताहरुको पक्षमा मूल कानुन संविधान बन्नेछ र दुई सय चालिस बर्ष देखिको सामन्तको जरो राजतन्त्र, जरैदेखि निर्मूल भै पूर्ण लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनेछ । Read More…

भन्नलाई यो निर्वाचन संविधान बनाउने निर्वाचन हो, सरकार बनाउने हैन भनिए पनि अहिले फेरि कुरा उही सरकार अनि पदको भागवण्डाको सेरोफेरोमा नै घुम्न थालेको छ। वर्षौँपछि भएको चुनावले पार्टीहरुको पुरानो स्थिति एकदमै बदलिएको देखिएको छ। जेठ १० गतेभित्र नयाँ सरकार बन्ने भनिएको छ। Read More…

Older Posts »

Categories

Follow

Get every new post delivered to your Inbox.